गौराको अवसरमा शैल्यशिखर २ तौकीमा देउडा प्रतियोगिता
कंञ्चनपुर भाद्र ०८ २०८२ : सुदूरपश्चिमको मौलिक पर्व गौराका लागि शैल्यशिखर नगरपालीका वडा नं ०२ तौकी(गौरा खाला) मा देउडा प्रतियोगिता गरिएको छ । भूमिराज युवा समाजको आयोजनामा भाद्र १८ देखी २० गते सम्म देउडा प्रतियोगिता चल्ने भुमिराज युवा समाज अध्यक्ष नवराज भट्टले बताए । लोक संस्कृतिसँगै सुदूरपश्चिम प्रदेशको भाषा, कला साहित्य, संस्कृति, भेषभुषा, रहनसहनको प्रचार-प्रसार, पर्यटन प्रवर्द्धन एवं लोक संस्कृतिको पुस्ता हस्तान्तरण गर्ने उद्देश्यले ‘गौरा पर्वमा’ देउडा प्रतियोगिता आयोजना गर्न लागिएको भट्टले बताए ।
सम्बन्धित समाचार
बसाइँसराइले रित्तिएका बैतडीका गाउँमा दसैं र जात्राको उमङ्ग : परदेशिएकाहरू घर फर्किएपछि बस्तीहरूमा छायो नयाँ रौनक
२०८३ कार्तिक ३, सोमबार १५:५६ गते