calendar_today शुक्रबार, २३ अक्टोबर २०२६
ताजा अपडेट
प्रदेश

गलैनाथ होली कमिटिद्धारा केशब जोशीलाई आर्थिक सहयोग

person जनताको आवाज • calendar_today २०८१ चैत्र १, शुक्रबार ०९:२४ गते

कंञ्चनपुर : दार्चुलाको शैल्यशिखर नगरपालिका वडा नम्बर ८ को गलैनाथ होली कमिटि झरकाँडाले मोटरसाइकल दुर्घटनामा परि उपचारमा रहेका वडा नम्बर ७ देवथलीका केशब राज जोशीलाई आर्थिक सहयोग गरेको छ ।होली खेलेर संकलन गरेको रकममध्ये ५ हजार ५ सय ५५ रुपैयाँ मोटरसाइकल दुर्घटनामा परि उपचाररत रहेका जोशीलाई हस्तान्तरण गरिएको स्थानीय धीरेन्द्र जोशीले बताए।