calendar_today मंगलबार, २७ अक्टोबर २०२६
जनताको आवाज
ताजा अपडेट
अन्तर्राष्ट्रिय

महिला फुटबल : किर्गिस्तानलाई हराउँदै नेपालको विजयी सुरुवात

person जनताको आवाज • calendar_today २०८१ फाल्गुन ५, सोमबार २०:५४ गते

कंञ्चनपुर फागुन ०५ :  आजदेखि काठमाडौंमा सुरु भएको अन्तराष्ट्रिय महिला च्याम्पियनसिप फुटबलमा खेलमा नेपालले किर्गिस्तानलाई १–० को गोल अन्तरले हराउँदै विजयी सुरुवात गरेको छ । त्रिपुरेश्वरस्थित दशरथ रगंशालामा सोमबारबाट सुरु भएको खेलमा किर्गिस्तानलाई १–० ले हराउँदै नेपालले जित हात पारेको हो । नेपालका लागि विमला चौधरीले गरेको गोल नै निर्णायक बन्यो ।

खेलको ८१औँ मिनेटमा सविता राना मगरको प्रहार पहिलो बारको नजिकबाट बाहिरिदा नेपालले अग्रता दोब्बर पार्ने सुन्दर मौका गुमायो । खेलको १०औँ मिनेटमा सविता रानामगरको क्रसमा विमला चौधरीले हेडर गोल गर्दै नेपाललाई सुरुवाती अग्रता दिलाएकी थिइन् । त्यसअघि छैटौँ मिनेटमा रेखा पौडेको प्रहार किर्गिस्तानकी गोलरक्षकले पन्च गर्दै जोगाइन् । त्यसकै रिवाउण्डमा सविता रानामगरको प्रहार पहिलो बारको नजिकबाट बाहिरियो ।

खेलको २१ औँ मिनेटमा सविताको क्रसमा रश्मी कुमारी घिसिङको प्रहार पहिलो बारको नजिकबाट बाहिरियो । २७औँ मिनेटमा प्रीति राईको प्रहार किर्गिस्तानकी गोलरक्षकले बचाइन् । ३०औँ मिनेटमा रेखा पौडेलको सशक्त प्रहार गोलरक्षकले जोगाइन् ।पहिलो हाफको इन्ज्युरी समयमा रश्मी कुमारी घिसिङको प्रहार क्रसबारमा लाग्दै बाहिरियो त्यसकै रिवाउण्डमा सविताको प्रहार पनि क्रसबार लाग्दै बाहिरिएको बललाई रेखा पौडेलले नियन्त्रणमा लिँदै पोष्टको गति दिए पनि डिफेन्डरले क्लियर गरे ।

यो जितसँगै नेपाल ३ अंकमा तालिकाको दोस्रो स्थानमा छ । समान ३ अंक भएको म्यानमार शीर्ष स्थानमा छ । आजै भएको पहिलो खेलमा म्यानमारले लेवनानलाई ३–१ ले हराएको थियो । अब शुक्रबार हुने पहिलो खेल कीर्गिस्तान र म्यानमारको हुनेछ भने दोस्रो खेलमा नेपाल र लेबनानबीच हुनेछ ।

सम्बन्धित समाचार

अमेरिकासँग नेपाल ३७ रनले पराजित

२०८१ कार्तिक १८, आईतवार १०:१८ गते