calendar_today मंगलबार, २७ अक्टोबर २०२६
जनताको आवाज
ताजा अपडेट
राष्ट्रिय समाचार

गलैनाथ मावि झरकाँडाको विद्यालय भवन आज उद्घाटन हुदैँ

person जनताको आवाज • calendar_today २०८१ माघ २५, शुक्रबार ०८:३६ गते

कंञ्चनपुर माघ २५ : भारतीय राजदुतावास र शैल्यशिखर नगरपालिकाको सयुत्त लगानीमा निर्माण भएको गलैनाथ मावि झरकाँडाको विद्यालय आज भवन उद्घाटन गरिने भएको छ । दार्चुलाको शैल्यशिखर नगरपालिका वडा नम्बर ८ मा अवस्थित गलैनाथ मावि झरकाँडाको भवन प्रतिनिधि सभा सदस्य दिलेन्द्र प्रसाद बडू, पूर्वमन्त्री नेकपा एमाले नेता गणेशसिंह ठगुन्ना, भारतीय राजदुतावासका काठमाडौंका काउन्सलर अविनास कुमार सिंह र शैल्यशिखरका नगर प्रमुख विजयसिंह धामी शैल्यशिखर ८ का वडा अध्यक्ष केशब दत्त जोशी लगायतको उपस्थितिमा उद्घाटन गर्ने तयारी छ ।

शैल्यशिखर नगरपालिकाका नगर प्रमुख विजयसिंह धामीको अध्यक्षता तथा दार्चुलाबाट निर्वाचित प्रतिनिधिसभा सदस्य एवम् पूवमन्त्री दिलेन्द्र प्रसाद बडूको प्रमुख आतिथ्यता तथा नेकपा एमाले नेता पूर्वमन्त्री गणेशसिंह ठगुन्नाको बिशिष्ट आतिथ्यतामा उद्घाटन गर्ने कार्यक्रम रहेको विद्यालयका प्रधानाध्यापक जयधन जोशीले जानकारी दिनुभयो ।