calendar_today मंगलबार, २७ अक्टोबर २०२६
जनताको आवाज
ताजा अपडेट
खेलकुद

प्रेसिडेन्सियल ग्राजुएट स्कूल नेपाल प्रिमियर लिगको आधिकारिक शैक्षिक साझेदार

person जनताको आवाज • calendar_today २०८१ मंसिर ८, शनिबार ०८:११ गते

कंञ्चनपुर ८ मंसिर २०८१, शनिबार : सन् २०११ देखि शैक्षिक क्षेत्रमा प्रेरणा र नवप्रवर्तनको लागि परिचित एक प्रमुख शैक्षिक संस्था प्रेसिडेन्सियल ग्राजुएट स्कूलले नेपालको चर्चित क्रिकेट प्रतियोगिता नेपालप्रिमियर लिगएनपिएलसँग ऐतिहासिक साझेदारी घोषणा गरेको छ।

एमओयू मार्फत एनपिएलको आधिकारिक शैक्षिक साझेदार बन्दै मैदानभित्र र बाहिर च्याम्पियनहरु तयार गर्ने सोच भएको पिजियसले आफ्नो प्रतिबद्धतालाई पुनः एकपटक पुष्टि गरेको छ। बिजनेस, टेक्नोलोजी र डाटा साइन्सेस जस्ता विविध शैक्षिक कार्यक्रमहरूमा उच्चस्तरीय शिक्षा प्रदान गर्ने पिजियस र समग्र क्रिकेट जगतलाई प्रवर्द्धन गर्ने उदेश्य सहित अगाडि बढेको एनपिएलबीचको यो सहकार्यले नेपालीक्रिकेटको इतिहासमा एक नयाँ अध्याय रचेको छ।

दुबै पक्षबाट उपस्थित विशिष्ट व्यक्तिहरुको अगुवाईमा प्रेसिडेन्सियल ग्राजुएट स्कूल, थापागाउँमा सहकार्यको औपचारिक घोषणा गर्दै एमओयूमा हस्ताक्षर गरिएको थियो। एमओयूमा नेपालक्रिकेट संघका सचिव पारस खड्का  र प्रेसिडेन्सियल ग्राजुएट स्कूलका अध्यक्ष लक्ष्मण केसी ज्यूले हस्ताक्षर गरेका छन्। यो सम्झौता प्रतिभाहरूलाई प्रेरित गर्न र शिक्षा प्रदान गर्नको साथै खेलको महत्त्वपूर्ण भूमिकालाई प्रवर्द्धन गर्ने साझा उद्देश्यले गरिएको हो। पिजियस र एनपिएलएकसाथ मिलेर नेपालको शैक्षिक र खेलकुद क्षेत्रमा सहकार्य गर्दै नयाँ उपलब्धि हासिल गर्न प्रतिबद्ध रहेको जानकारी गराइएको छ। प्रेसिडेन्सियल ग्राजुएट स्कूलले आर्टिफिसियल इन्टेलिजेन्स एण्ड मेशिनलर्निङ, साइबर सेक्युरिटी, डाटा एनाल्टिक्स, सप्लाई चेन मेनेजमेन्ट, मल्टिमिडिया टेक्नोलोजिज, अन्त्राप्रनोर्सिप, डिजिटल मार्केटिंग र अन्य विभिन्न क्षेत्रबाट माग गरिए बमोजिम अमेरिकी स्नातक र स्नातकोत्तर डिग्री कार्यक्रमहरू प्रदान गर्दै आएको छ। नेपाल प्रिमियर लिग स्टार स्पोर्ट्समा प्रिमियर हुँदै इतिहास रच्न लागेको छ । यसले नेपाली क्रिकेटलाई अर्को उचाइमा पुर्याउने विश्वास लिदैँ सम्पूर्ण टिमलाई पिजिएसको तर्फबाट जितको अग्रिम शुभकामना व्यक्त गरिएको छ।

सम्बन्धित समाचार

अमेरिकासँग नेपाल ३७ रनले पराजित

२०८१ कार्तिक १८, आईतवार १०:१८ गते

१३ रन बनाएर ओपनर कुशल भुर्तेल आउट

२०८० माघ २९, सोमबार १४:१४ गते