calendar_today शुक्रबार, २३ अक्टोबर २०२६
ताजा अपडेट
राष्ट्रिय समाचार

पछिल्लो ६ महिनामा नेपाल द्धारा १ अर्ब १४ करोडको छुर्पी निर्यात

person जनताको आवाज • calendar_today २०७९ फाल्गुन ९, मंगलवार २०:४९ गते

महेन्द्रनगर :

साउनदेखि पुस मशान्तसम्म नेपालबाट ५ लाख ७८ हजार ८४१ किलो छुर्पी अमेरिकामा निर्यात भएको छ । यसको मूल्य एक अर्ब १४ करोड रुपैयाँ रहेको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको छ ।

नेपालको छुर्पीको बजार यतिमा मात्रै सीमित छैन । मन्त्रालयका अनुसार साउनदेखि पुससम्म नेपालले एक अर्ब ३४ करोड ७१ लाख ७७ हजार रुपैयाँको छुर्पी निर्यात गरेको छ ।