दार्चुला शैल्यशिखर ८ : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) शैल्यशिखरले शैल्यशिखर नगरपालिकामा “जनसम्बाद यात्रा” सुरु गरेको छ। यात्राको शुभारम्भ शैल्यशिखरकै प्रसिद्ध धार्मिक स्थल जगतपुरी धाम मा धूपबत्ती बालेर गरिएको हो। कार्यक्रमका संयोजक तथा रास्वपा नेता राजेन्द्र पन्तले यात्राको क्रममा नगरपालिकाका १ देखि ९ वटै वडाका गाउँबस्तीमा पुगेर स्थानीय बासिन्दाका समस्या सुन्ने योजना रहेको छ। संकलित समस्याहरूलाई केन्द्र सरकारसमक्ष पेश गर्ने लक्ष्य राखिएको उनले बताए।
जनताको प्रत्यक्ष गुनासा र सुझाव संकलन गरी नीति निर्माणमा समेट्ने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको रास्वपाले जनाएको छ।

Be the first to comment