रास्वपाकाे सचिवालय बैठक जारी

दार्चुला शैल्यशिखर ८ : राष्ट्रिय स्वतन्त्र पार्टी को केन्द्रीय सचिवालय बैठक आज वनस्थली स्थित पार्टीको केन्द्रीय कार्यालयमा सुरु भएको छ।
बैठकमा स्वास्थ्य अवस्थाका कारण पार्टी सभापति रवि लामिछाने भौतिक रूपमा उपस्थित हुन नसकी भर्चुअल माध्यमबाट सहभागी हुनुभएको छ।
आजको बैठकको मुख्य एजेन्डा समानुपातिक तर्फका उम्मेदवारहरूको अन्तिम नामावली टुंग्याउने रहेको जनाइएको छ। बैठकले निर्णय गरेपछि उक्त नामावली निर्वाचन आयोग नेपाल लाई बुझाइने बताइएको छ।
पार्टी स्रोतका अनुसार समानुपातिक उम्मेदवार छनोट सम्बन्धी अन्तिम निर्णय आजको बैठकबाट हुने अपेक्षा गरिएको छ।

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*