बैतडीमा नेकपा र कांग्रेसलाई धक्का केन्द्रीय सदस्य नै एमाले प्रवेश

दार्चुला शैल्यशिखर ८ : नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले पुर्चौडीमा आयोजना गरेको चुनावी सभा तथा वृहत पार्टी प्रवेश कार्यक्रम सम्पन्न भएको छ।
कार्यक्रममा नेपाली कम्युनिष्ट पार्टी का केन्द्रीय कमिटी सदस्य द्वय दल बहादुर धामी र दीपेन्द्र कुँवरको नेतृत्वमा विभिन्न नेता–कार्यकर्ता एमालेमा प्रवेश गरेका हुन्। यसै अवसरमा नेपाली कांग्रेस का प्रदेश कमिटी सदस्य जनक बिष्टले पनि एमाले प्रवेश गरेको घोषणा गरिएको छ।
नवप्रवेशीहरूलाई दामोदर भण्डारी ले टीका तथा खादा लगाएर स्वागत गरेका थिए। कार्यक्रममा स्थानीय नेता–कार्यकर्ता र सर्वसाधारणको उल्लेखनीय सहभागिता रहेको आयोजकले जनाएको छ।

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*