calendar_today शुक्रबार, २३ अक्टोबर २०२६
ताजा अपडेट
राजनिती

प्रधानमन्त्री दाहाल एमाले अध्यक्ष ओलीबीच भेटवार्ता

person जनताको आवाज • calendar_today २०७९ फाल्गुन ४, बिहीबार २०:०५ गते

कंञ्चनपुर :

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच दुई घण्टा वार्ता भएको छ।राष्ट्रपतिको निर्वाचनलाई लिएर सत्ता गठबन्धनमा अविश्वासको बढ्दै गइरहेको बेलामा प्रधानमन्त्री प्रचण्ड भेट्न ओली बालुवाटार पुगेका थिए।
भेटवार्ता पछिल्लो समसामयिक राजनीतिक विषयमा केन्द्रित रहेको प्रधानमन्त्रीको प्रेस सल्लाहकार सूर्यकिरण शर्माले बताए।राष्ट्रपति निर्वाचनको मिति नजिकिँदै गर्दा दुई नेताले भेटघाट बाक्लो बनाएका छन्। राष्ट्रपति निर्वाचन र सरकारलाई पूर्णता दिने विषयमा पनि छलफल भएको बालुवाटार स्रोतले बतायो।

‘रास्वपाले सरकार छाडेपछि गृहसहित महत्त्वपूर्ण मन्त्रालय रिक्त छ। त्यसैले सरकारलाई चाडै पूर्णता दिनुपर्छ भन्ने विषयमा उहाँहरू एकमत हुनुहुन्छ। तर, रास्वपालाई पनि सरकारमै फिर्ता ल्याउने विषयमा पनि छलफल भइरहेको छ’ स्रोतले भन्यो।

माओवादी केन्द्रले राष्ट्रपतिमा राष्ट्रिय सहमतिको व्यक्ति ल्याउनुपर्ने बताउँदै आएको छ। एमाले भने पूर्व सहमतिअनुसार आफ्नो पार्टीको उम्मेदवार नै राष्ट्रपति बनाउनुपर्ने अडानमा छ। माओवादीले कांग्रेसलाई राष्ट्रपतिमा सघाउने गाइँगुइँ चलिरहेका बेला ओली प्रचण्डलाई भेट्न बालुवाटार पुगेका थिए। यसअघि प्रचण्ड ओली निवास बालकोट पुगेरै भेटघाट गरेका थिए।