दार्चुलाको लेकम ४ मा २४ जना रास्वपा प्रवेश

Oplus_131072

दार्चुला शैल्यशिखर ८ : दार्चुलाको लेकम गाउँपालिका–४ खरकडामा शुक्रबार सम्पन्न राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को वडा भेलामा विभिन्न राजनीतिक दल परित्याग गरी २४ जना रास्वपामा प्रवेश गरेका छन्।
रास्वपा लेकम गाउँपालिका सभापति महेश नाथका अनुसार वडा भेलाको अवसरमा स्थानीय स्तरका विभिन्न दलमा आबद्ध २४ जना कार्यकर्ता तथा समर्थकले पार्टी प्रवेश गरेका हुन्। नवप्रवेशीहरूलाई पार्टीका स्थानीय नेताहरूले स्वागत गर्दै रास्वपाको नीति, सिद्धान्त र अभियानलाई गाउँस्तरसम्म विस्तार गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए।
वडा भेलामा पार्टी संगठन सुदृढीकरण, सदस्यता विस्तार तथा आगामी गतिविधिबारे समेत छलफल गरिएको बताइएको छ। रास्वपाले लेकम गाउँपालिकाका विभिन्न वडामा संगठन विस्तार अभियानलाई तीव्रता दिएको जनाएको छ।

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*