दार्चुलाको धामीगाडामा जीप दुर्घटना १० जना घाइते
कंञ्चनपुर भाद्र २७ : दार्चुलाको धामीगाडामा जीप दुर्घट्ना हुँदा १० जना घाइते भएका छन् । आज मध्यान्ह १२:३० बजेतिर चालक ललित सिंह ठगुन्नाले चलाएको से–१ ज–१०२२ नम्बरको जीप मालिकार्जुन गाउँपालिका–८ धामीगाडामा दुर्घट्नामा परेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ। जिल्ला प्रहरी कार्यालय दार्चुलाका अनुसार जीप दुर्घट्ना हुँदा जीपमा सवार १ जना महिला तथा १ जना पुरुषलाई बढी चोट लागेको छ भने ८ जना सामान्य घाइते भएका छन। बढी चोट लागेका मध्ये एक जनाको टाउको मा र अर्का एक जनाको हात भाचिएको छ। जीप दुर्घट्ना भएको खबर पाउने वित्तिकै प्रहरी चौकी पस्तीबाट प्रहरीघट्ना स्थल पुगेको थियो । घाइते १० जनाको जिल्ला अस्पताल दार्चुलामा उपचार भै रहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरक्षक तथा सूचना अधिकारी छत्र रावतके जानकारी दिनुभयो । दार्चुलाको शैल्यशिखर नगरपालिका -९ गोकुलेस्वर बाट सदरमुकाम खलंगा जाँदै गरेको जीपमा चालक सहित ११ जना सवार रहेका थिए। दुर्घटनाको अनुसन्धान भइररहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ।
सम्बन्धित समाचार
बसाइँसराइले रित्तिएका बैतडीका गाउँमा दसैं र जात्राको उमङ्ग : परदेशिएकाहरू घर फर्किएपछि बस्तीहरूमा छायो नयाँ रौनक
२०८३ कार्तिक ३, सोमबार १५:५६ गते