जनतासँग मत माग्दै लेकम पुग्याे नेकपा दार्चुलाकाे मुल टाेली

दार्चुला शैल्यशिखर ८ : नेपाल कम्युनिष्ट पार्टी दार्चुलाबाट उम्मेदवार बनेका लक्षमण दत्त जोशी ले चुनावी प्रचारप्रसार तथा घरदैलो कार्यक्रमलाई तीव्रता दिएका छन्।
घरदैलो कार्यक्रम अन्तर्गत उनले लेकम गाउँपालिका वडा नम्बर ३ र २ का कौलेती, कुस्काणा, गाणागाउँ, बिटोरा, ढाकरा, पिपलकोट र गराडी क्षेत्रमा स्थानीय बासिन्दासँग भेटघाट गरेका छन्। उक्त अवसरमा उनले जनताका समस्या, आवश्यकताहरू र सुझावहरू सुन्दै आफ्नो प्रतिबद्धता प्रस्तुत गरेका थिए।
समृद्ध दार्चुला र सुशासनयुक्त दार्चुला बनाउने लक्ष्यका साथ जोशीले विकास, पूर्वाधार, शिक्षा, स्वास्थ्य र रोजगारीका क्षेत्रलाई प्राथमिकतामा राख्ने प्रतिबद्धता व्यक्त गर्दै दार्चुलावासीसँग मत मागिरहेका छन्।

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*