एमाले दार्चुलाकाे मुल टाेली व्याँसमा ६ जना पार्टी प्रवेश

दार्चुला शैल्यशिखर ८ : गणेश सिंह ठगुन्ना नेतृत्वको मूल टोलीले नेकपा एमालेका तर्फबाट आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि व्यास गाउँपालिका वडा नं. ३ सिना र वडा नं. २ मालमा मतदाता भेटघाट तथा चुनावी भेला सम्पन्न गरेको छ।
भेलामा स्थानीय मतदातासँग प्रत्यक्ष संवाद गर्दै पार्टीका एजेन्डा र आगामी योजनाबारे जानकारी गराइएको थियो। कार्यक्रममा सहभागीहरूले विकास, पूर्वाधार, रोजगारी तथा स्थानीय समस्याका विषयमा आफ्ना धारणा राखेका थिए।
सम्पन्न भेलाबाट नेपाली कांग्रेस र नेपाल कम्युनिस्ट पार्टी परित्याग गरी ६ जना कार्यकर्ता नेकपा एमालेमा प्रवेश गरेको टोलीका सदस्य दौलत सिंह ठगुन्नाले जानकारी दिए ।

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*