सुदूरपश्चिममा गाैरा पर्व सुरू आज बिरूडा पञ्चमी

कंञ्चनपुर भाद्र १२ २०८२ नरेश प्रसाद जाेशी : सुदूरपश्चिम प्रदेशको प्रमुख पर्व गौरा आजदेखि विधिवत् रुपमा सुरु भएको छ। पर्वको पहिलो दिन आज व्रतालु महिलाले बिरुडा (पाँच प्रकारका अन्न तथा गेडागुडी) भिजाएर गौराको सुरुवात गर्ने चलन छ। यस कारण आजको दिनलाई बिरुडा पञ्चमी नामले चिनिन्छ।

तामाको भाँडोलाई गाईको गोबरले लिपेर दुबो, अक्षताले सजाई त्यसमा बिरुडा राख्ने परम्परा छ। बिरुडालाई गौरीदेवीको प्रसादका रुपमा लिइन्छ। गौरादेवीको पूजामा यही बिरुडाको प्रयोग गरिन्छ।

पुत्रदा एकादशीको व्रतपछि भदौको बिरुडा पञ्चमीबाट गौरा पर्व सुरु हुन्छ। यसअघि एक महिनादेखि नै शुद्ध शाकाहार र ब्रह्मचर्यको पालना गर्ने चलन रहिआएको छ। बिरुडा भिजाउँदा माङ्गलिक सगुन फाँग गाउँने प्रथा रहेको छ। यस पर्वमा महिलाले पुरुषको व्रतबन्ध गरेजस्तै दुवधागो लगाउने परम्परा पनि छ।

गौरा पर्व नजिकिएसँगै गाउँघरमा देउडाका भाका तथा दमाहा बाजाले माहोल थप रमाइलो बनेको छ। परापूर्वकालदेखि भगवान् शिवकी अर्धाङ्गिनी पार्वतीलाई पर्वतराज हिमालय र मेनकाकी पुत्रीका रुपमा गौरा देवीका नामले आराधना गर्ने परम्परा रहि आएको छ।

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*