शैल्यशिखर ८ दार्चुला : दार्चुलाको शैल्यशिखर नगरपालिका ८ का वडा अध्यक्ष केशव दत्त जोशी विगत लामो समयदेखि आफ्नो क्षेत्रमा विकास, समाजमा सेवा सक्रिय छन्। २०७९ को स्थानीय तह निर्वाचनमा निर्वाचित भएपछि वार्ड अध्यक्ष जोशीले शिक्षा, स्वास्थ्य, पूर्वाधार, तथा समाज सेवामा उल्लेखनीय योगदान गरेका छन्। अध्यक्ष जोशीको नेतृत्वमा वडामा विभिन्न ठूला पूर्वाधार विकासका कामहरू सम्पन्न भएका छन्। वडा कार्यालयको नयाँ भबन निर्माण सहरी स्वास्थ्य इकाई रिमबाटा निर्माण तल्चौरा स्वास्थ्य इकाई स्थापनामा सामुदायिक स्वास्थ्य इकाई केन्द्र अम्तोलीमा नयाँ भवन निर्माण शिर्जनशील आधारभूत विद्यालय सुपलेकामा नयाँ भवन निर्माण ,वडाका ६० दलित परिवारलाई निःशुल्क ग्यास सिलिन्डर र चुलो वितरण , वडाका स्वयंसेवक, टुहुरा, विद्यार्थीहरूलाई व्यक्तिगत रूपमा आर्थिक सहयोग र वडाका अधिकांश बस्तीहरूमा समेत विद्युतीकरण सम्पन्न गराए।केशव दत्त जोशी शैल्यशिखरको एउटा ज्वलन्त उदाहरण हुन्, जसले जनतासँग प्रत्यक्ष संवाद गर्दै काम गर्छन्। उनको समाज सेवा, समर्पण, र नेतृत्व क्षमताले वडालाई मात्र होइन, सिंगो नगरपालिकालाई प्रेरित गर्ने काम गरेको छ।

Be the first to comment