राष्ट्रपतिद्धारा संघीय सांसद का लागि रात्रिभोजको आयोजना

कंञ्चनपुर :

राष्ट्रपति विद्यादेवी भण्डारीले रात्रिभोज आयोजना गरेकी छन्। शनिबार बेलुकी नवनिर्वाचित संघीय सांसद सांसदहरूका लागि रात्रिभोजको कार्यक्रम आयोजना गरिएको राष्ट्रपतिको कार्यालयकी सूचना अधिकारी अर्चना खड्काले जानकारी दिइन्।

उनका अनुसार संघीय संसदका सदस्यहरूलाई रात्रिभोजका लागि बोलाइएको हो। यस्तै, रात्रिभोजमा प्रधानमन्त्री, मन्त्री, संवैधानिक आयोगका पदाधिकारीलगायतलाई निम्ता दिइएको छ।रात्रिभोजको आयोजना शीतल निवासमा रहेको छ।

आउँदो फागुन २५ गते नयाँ राष्ट्रपतिको निर्वाचन हुँदैछ भने फागुन २८ गते उनको कार्यकाल सकिँदै छ।

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*