
कंञ्चनपुर :
सुदूरपश्चिम सरकारका मुख्यमन्त्री राजेन्द्रसिंह रावलले आज विश्वासको मत लिने भएका छन्। मुख्यमन्त्री रावलले आज बस्ने प्रदेश सभाबाट विश्वासको मत लिने कार्यक्रम तय भएको नेकपा एमालेका प्रदेश सभा सदस्य धर्मराज पाठकले बताए।
गत पुस २७ गते मुख्यमन्त्रीमा नियुक्त नेकपा एमाले संसदीय दलका नेता रावलले माघ २६ गतेभित्र विश्वासको मत लिइ सक्नुपर्ने कानूनी बाध्यता छ। नेकपा माओवादी केन्द्र, नागरिक उन्मुक्ति पार्टी र राप्रपाको समर्थनमा नेकपा एमालेका सांसद रावल मुख्यमन्त्रीमा नियुक्त भएका थिए।
प्रदेश सभा सदस्यले मुख्यमन्त्री रावलले प्रदेश सभाबाट सहजै विश्वासको मत पाउने दाबी गरेका छन्। नागरिक उन्मुक्ति पार्टीले बुधवार विश्वासको मत दिने कुरामा नेकपा एमाले शतप्रतिशत विश्वस्त रहेको प्रदेश सभा सदस्य पाठकले बताए। मुख्यमन्त्रीले बुधवार बस्ने प्रदेश सभाबाट विश्वासको मत लिनु हुन्छ,’ उनले भने, ‘नागरिक उन्मुक्ति पार्टीका माग र मुद्दा सम्वोधन गर्न सबै दल सकारात्मक छन् भने सर्वोच्च अदालतले पनि मुद्दा पुनरावलोकन गर्ने भएको छ, यो कुराले पनि वातावरण सकारात्मक बनाएको हो।’

Be the first to comment