बैतडीको चडेपानीकी भावना भट्टले SEE मा विद्यालयकै कीर्तिमानी ३.८० GPA ल्याइन्

दाेगडाकेदार गाउँपालिका चडेपानीस्थित श्री भूमिराज माध्यमिक विद्यालयकी छात्रा भावना भट्टले २०८१ सालको एसईई परीक्षामा ३.८० GPA ल्याएर विद्यालयको इतिहासमै कीर्तिमान बनाएकी छिन्। दोगडाकेदार गाउँपालिका–७ मा पर्ने यो विद्यालयमा १० कक्षासम्म मात्रै पढाइ हुन्छ। घरका कामसँगै पढाइलाई सँगै अघि बढाउँदै भावनाले उत्कृष्ट नतिजा ल्याइन्।

प्रधानाध्यापक शङ्कर भट्ट र अंग्रेजी शिक्षक लक्ष्मी दत्त भट्टले भावनाको अनुशासन, मेहनत र आत्मविश्वासको प्रशंसा गरेका छन्। अंग्रेजी विषयमा उनले ४.० GPA ल्याएकी छिन्। भावनाका बुबा महेश शरण भट्ट आफैँ विद्यालयका विज्ञान शिक्षक हुन्। उनले घरमा पढ्ने वातावरण दिएको र छोरीले त्यसको सदुपयोग गरेको बताए।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सहदेव भट्टले भावनालाई सरल र गम्भीर सोच भएकी छात्रा भन्दै प्रशंसा गरे। उनको सफलताले सम्पूर्ण गाउँपालिका भित्र नयाँ प्रेरणा र शैक्षिक चेतना फैलाएको छ।

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*