केपी जाेशी : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) दार्चुलाले सञ्चालन गरिरहेको जनसम्बाद यात्रा निरन्तर जारी रहेको छ। मौसम प्रतिकूल भए पनि रास्वपाको मूल टोली लेकम गाउँपालिका–३ मा पुगेर स्थानीय नागरिकसँग प्रत्यक्ष संवाद तथा छलफल गरेको छ।
झरीका कारण जनसम्बाद प्रभावित हुने अवस्था आए पनि टोलीले छाता ओढेरै स्थानीयसँग भेटघाट तथा छलफललाई निरन्तरता दिएको रास्वपा दार्चुलाका सचिव राजेन्द्र पन्तले बताएका छन्।
जनताका समस्या, गुनासा तथा स्थानीय आवश्यकताबारे प्रत्यक्ष रूपमा जानकारी लिने उद्देश्यले जनसम्बाद यात्रा सञ्चालन गरिएको पन्तले बताए। उनका अनुसार मौसम जस्तोसुकै भए पनि जनतासँगको संवादलाई निरन्तरता दिइनेछ।

Be the first to comment